शाक्य, बज्राचार्य समाज, यल (ललितपुर)का उद्देश्यहरु निम्नानुसार छन्ः
१. यो समाज मुनाफा रहित शुद्ध र सामाजिक संस्था हुनेछ ।
२. ललितपुर जिल्लावासी समग्र शाक्य बज्राचार्य समुदायको धार्मिक, सामाजिक, साँस्कृतिक, आर्थिक, प्राविधिक, नैतिक, शैक्षिक आदिको उन्नति विकास र सम्बर्द्धनको लागि हित कल्याणकारी काम गर्ने ।
३. यस शाक्य, बज्राचार्य समुदायभित्र परम्परादेखि अविछिन्नरुपले चलि आएको संस्कारित कर्म, पूजाविधि आदिको जगेर्ना गरी निरन्तरता दिने कार्यमा मद्दत गर्ने ।
४. स्वास्थ्य तथा शिक्षा पहुँच नपुगेका यस समाजका सदस्यहरुलाई स्वास्थ्य ज्ञान र शिक्षाको जनचेतनामूलक कार्यक्रम तथा विभिन्न शिविरहरु संचालन गर्ने तथा स्वास्थ्य सम्बन्धि आवश्यक व्यवस्थापन गर्न सहयोग पुर्याउने ।
५. यस समाजका वृद्धवृद्धा, अपाङ्ग र अशक्त व्यक्तिहरुको लागि आवश्यक कार्यक्रम एवं उचित व्यवस्थापन गर्ने ।
६. समाजमा विकृतिको रुपमा रहेको तडकभडक व्यवहार विसंगति र कुसंस्कृति एवं संस्कारलाई हटाई सभ्य र सुसंस्कृति समाजको सिर्जना गर्ने ।
७. समाजका विभिन्न वर्ग र सदस्यहरुलाई लक्षित गरी वर्तमान समयमा उपलब्ध नविनतम ज्ञान परिचालन गरी सिपमूलक कार्यक्रम मार्फत उनिहरुको जीवनस्तर आर्थिक रुपमा उन्नति, अभिबृद्धि गर्ने ।
८. शाक्य, बज्राचार्य समुदायमा परापूर्वकाल देखि मूल्य मान्यताको रुपमा चल्दै आएका पूजाविधि तथा यस समुदाय अन्तर्गतका अविछिन्न रुपमा चल्दै आइरहेको परम्परागत तथा अन्य कार्यलाई निरन्तरताको लागि आवश्यक सल्लाह र छलफल गरी टेवा दिई सघाउने र आवश्यक सहयोग पुर्याउने छ ।
९. शाक्य, बज्राचार्यको महत्व पूजाविधिबारे अध्ययन, अध्यापनको व्यवस्था गर्नेछ ।
१०. शाक्य, बज्राचार्य समाजका क्षेत्रको विकास र स्थापना गरी आवश्यक विचार परामर्श, कार्ययोजना तयार गर्ने तथा मैत्रीभाव जगाई कार्यमा मद्दत पुर्याउने छ ।

