"समुन्नत, सुसंस्कार, सद्भाव र शान्तिपूर्ण समाज समृद्धिका आधार"
समाजको परिचय

हाम्रो देश नेपाल विभिन्न जाति, धर्म कला, संस्कृति एवं प्राकृतिक साधन र श्रोत आदि विविधताले भरिपूर्ण देश हो । यसको सहिरुपमा सदुपयोग र सम्बर्द्धन गर्न सके हाम्रो राष्ट्रलाई विश्व सामू नमूनाको रुपमा परिचित गराउन सकिन्छ । यसै सन्दर्भमा परापूर्वकालदेखि आफ्नो छुट्टै परम्परा, इतिहास र मौलिकता भएको वर्ग, जात र समुदाय मध्येको शाक्य र बज्राचार्य हो ।
वर्तमान उपत्यकाका शाक्य र बज्राचार्यहरु पूर्णतः आदिवासी समुदाय हुन् । यी शाक्य र बज्राचार्यहरु नेवार समाज, भाषा, संस्कृति र संस्कारको रुपमा आवद्ध एक अभिन्न अङ्ग बनिसकेको छ । जुन समुदायलाई “नेवार बौद्ध समाज“को रुपमा कहलिएको छ । यहि नेवार बौद्ध समाज अन्तर्गत रहेको बौद्ध संघ परम्परामा नरहेका शाक्य, बज्राचार्यहरु (अन्तरजातीय) आफनो नाम पछाडी शाक्य र बज्राचार्य भए पनि परम्परा बौद्ध संस्कृति संस्कार आदि सामाजिक विधि व्यवहारमा एक्लो अनुभव हुन्छ ।