संस्थाको परिचयः
हाम्रो देश नेपाल विभिन्न जाति, धर्म कला, संस्कृति एवं प्राकृतिक साधन र श्रोत आदि विविधताले भरिपूर्ण देश हो । यसको सहिरुपमा सदुपयोग र सम्बर्द्धन गर्न सके हाम्रो राष्ट्रलाई विश्व सामू नमूनाको रुपमा परिचित गराउन सकिन्छ । यसै सन्दर्भमा परापूर्वकालदेखि आफ्नो छुट्टै परम्परा, इतिहास र मौलिकता भएको वर्ग, जात र समुदाय मध्येको शाक्य र बज्राचार्य हो ।
वर्तमान उपत्यकाका शाक्य र बज्राचार्यहरु पूर्णतः आदिवासी समुदाय हुन् । यी शाक्य र बज्राचार्यहरु नेवार समाज, भाषा, संस्कृति र संस्कारको रुपमा आवद्ध एक अभिन्न अङ्ग बनिसकेको छ । जुन समुदायलाई “नेवार बौद्ध समाज“को रुपमा कहलिएको छ । यहि नेवार बौद्ध समाज अन्तर्गत रहेको बौद्ध संघ परम्परामा नरहेका शाक्य, बज्राचार्यहरु (अन्तरजातीय) आफनो नाम पछाडी शाक्य र बज्राचार्य भए पनि परम्परा बौद्ध संस्कृति संस्कार आदि सामाजिक विधि व्यवहारमा एक्लो अनुभव हुन्छ ।
शाक्य र बज्राचार्यहरु आआफ्नो बहाल बहिलहरुमा चूडाकर्म गरिसकेपछि उक्त बहाल बहिलहरुको संघ सदस्य कहलाइन्छ । च“डाकर्म संस्कार अथवा प्रबज्या संवर, आचार्यभिषेक आदि बौद्ध संस्कार शाक्य र बज्राचार्यहरुको मौलिक परम्परा एवं पहिचान हो । चूडाकर्म गरेपछि संघमा आजीवन संघ सदस्यको रुपमा रहन्छ । यसैकारण शाक्य र बज्राचार्यहरुको धर्म, संस्कृति, समाज संघ परम्परा अन्तर्गत रहिआएको देखिन्छ । तसर्थ व्यक्ति, परिवार, समाजको उन्नति र विकास बिना संघ परम्परालाई जिवन्त राख्न सक्दैनन् । वास्तवमा समाजको उन्नति र विकास भन्नु नै बौद्धिक, आर्थिक, सामाजिक, साँस्कृतिक, प्राविधिक पक्षको उन्नति र विकास हो । साथ साथै हरेक जातिको मौलिक पहिचान भाषा, धर्म, संस्कृति, संस्कार, कला, सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु पनि प्रमुख हो ।
प्राचिनकाल देखि अनुपम कलाकृतिले सुस्सजित रहेको ललितपुरलाई युपग्राम, अशोकपत्तन, ललितपत्तन, ललितपुर, पाटन, यल आदि भनिन्छ । बौद्धधर्म, बौद्ध संस्कृति, बौद्ध संस्कार, बौद्धकला आदि सम्पदाको संरक्षण र सम्बर्द्धन गर्न पूर्वजहरुले बहाःबहि विहार, चुक, ननि र चैत्य, धर्मधातुहरु प्रतिस्थापना गरी त्यसको गुथिगाना र संघको व्यवस्था समेत गरिएको देखिन्छ । अतः यसरी इतिहास परम्परा तथा आफ्नै छुट्टै मौलिकतार जिवन्त परम्परा भएर पनि समय सापेक्ष देशकाल परिस्थिति अनुसारको जिवन पद्धतिलाई संस्थागत रुपले नै विकास गरी आफ्नो जिवन्त परम्परा एवं आफ्नो समाज र समुदायको आर्थिक सामाजिक साँस्कृतिक रुपले विकास गर्ने उद्देश्यले संस्था दर्ता ऐन २०३४ बमोजिम शाक्य बज्राचार्य समाजको स्थापना गर्ने निर्णय गरियो ।
संस्थाको नामः
यस संस्थाको नाम शाक्य बज्राचार्य समाज यल ललितपुर हुनेछ । अंग्रेजीमा The Society of Shakya, Bajracharya Lalitpur, Nepal रहनेछ । यस समाज नें.सं. ११३८, बु.सं. २५६२, वि.सं. २०७५ मा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट दर्ता भई दर्ता नं. ५५८७÷२०७५ प्राप्त गर्यो । साथै स्थायी लेखा नं. (पायन) ६१३३२६११९ पनि प्राप्त गर्यो ।
समाजको कार्यक्षेत्रः
यस समाजको कार्यक्षेत्र ललितपुर महानगरपालिका क्षेत्र भित्र हुनेछ । आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृतिलिई मात्र नेपाल अधिराज्यभित्र संस्थाको कार्यक्षेत्र विस्तार गर्न सकिने छ । यस महानगरपालिका भित्र वडाहरुमा वा स्थान, टोलहरुमा इकाई वा शाखा समितिहरु गठन गर्न सकिने छ ।
सदस्यताको प्रकारः
१. साधारण सदस्यः
यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पिन नेपाली नागरिकले तोकिएको प्रक्रिया अन्तर्गत रही आवेदन दिने व्यक्ति समाजको साधारण सदस्य हुनेछन् ।
२. संस्थापक सदस्यः
संस्था स्थापनको समयमा तदर्थ समितिमा रहेका सदस्यहरु संस्थापक सदस्य हुनेछन् ।
३. मानार्थ सदस्यः
संस्थाको उद्देश्यमा आस्था राखी संस्थालाई सहयोग प्रदान गर्ने विशिष्ट व्यक्ति यस समाजको मानार्थ सदस्य बन्न सक्नेछन् ।
४. आजीवन सदस्यः
समाजलाई विशेष योगदान गर्ने व्यक्तिलाई आजिवन सदस्य दिन सकिनेछ ।
५. सल्लाहकारः
संस्थाका पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्ति गर्न सकिनेछ ।